सपोर्ट लघुवित्तकाे संस्थापक सेयरधनी बन्ने अवसर

सपोर्ट लघुवित्तकाे संस्थापक सेयरधनी बन्ने अवसर


काठमाडौँ

सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ हजार ८९१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे छ ।

कम्पनीका केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर कम्पनीले बेच्न लागेकाे हाे ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्तिले आवश्यक कागजात संलग्न गरी सूचना प्रकाशित मितिले ३५ दिनभित्र संस्थाको सेयर रजिस्ट्रारको कार्यालय टेकुमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

तोकिएको समय अवधिभित्र कुनै पनि विद्यमान संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरे सो सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।