टमाटर किलाेकाे १०० रुपैयाँ, काठमाडाैँमा कुन तरकारीकाे मूल्य कति ?

टमाटर किलाेकाे १०० रुपैयाँ, काठमाडाैँमा कुन तरकारीकाे मूल्य कति ?


काठमाडौँ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १००, टनेल गोलभेडा सानो ५६, घिउ सिमी लोकल २५, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाजर १२०,बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८०, ब्रोकाउली ७०, कागती १४० रुपैयाँ, भिन्डी ४०, निहुराे ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ४०,तामा ११०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जनकाे १४०,अनार ३०० रुपैयाँ, नासपाती ६०,एभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ५००, किबी ८००, हरियो खुर्सानी अकबरे ३५० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भई खरिदबिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १५० रुपैयाँ, हरियो धनियाँ ५०,लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २००, चाइनिज लसुन २६०, रूख कटहर ३५, भेडे खुर्सानी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।