मूल्य समायोजनपछि सिनर्जीकाे हकप्रद सेयरकाे भाउ २०३ रुपैयाँ ३३ पैसा

मूल्य समायोजनपछि सिनर्जीकाे हकप्रद सेयरकाे भाउ २०३ रुपैयाँ ३३ पैसा


काठमाडौँ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट र मल्टिपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

सिनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजनपश्चात यसको मूल्य २०३ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

हकप्रद बिक्रीका लागि यसले शुक्रबार बुक क्लोज गर्ने भएको छ । यस आधारमा साउन ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

सिनर्जी पावरले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ छ ।

हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।