बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ


काठमाडौं ।

एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरेललाई काठमाडौंको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

एक युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।