‘आइएमई पे’ बाट हवाई टिकट काट्दा ५०० रुपैयाँ सम्म छुट

‘आइएमई पे’ बाट हवाई टिकट काट्दा ५०० रुपैयाँ सम्म छुट


काठमाडौं ।

‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ।

यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन् ।

यो अफर साउन ७ देखि साउन २६ सम्म चल्ने छ ।

उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्न सक्नेछन् ।

सो अफर अवधि भित्रमा एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुट सहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड ”MONSOONYT51” प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यहि असार ३१ सम्म रहने छ।