एन्टर्क ओनर्स ग्रुपको बुटवल दोस्रो च्याप्टर राइड

एन्टर्क ओनर्स ग्रुपको बुटवल दोस्रो च्याप्टर राइड


काठमाडौँ ।

टिभिएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड गरेको छ।

गत साउन ६ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बुटवल शोरुम (बालाजी अटोमोबाइल्स) बाट सुरु भएर वनवाटिका पुगेर समापन भएको थियो ।

उक्त राइडमा सहभागीबीच विभिन्न खेल पनि खेलाइएको थियो। साथै सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो।

करिब ४० जना राइडर सहभागी उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीसाथ सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका साथै राइडरले अपनाउनुपर्ने नियमको जानकारी पनि दिइएको थियो ।