भगवती हाइड्रोको आइपिओ भर्नुभयाे ? कसले भर्न पाइन्छ ?

भगवती हाइड्रोको आइपिओ भर्नुभयाे ? कसले भर्न पाइन्छ ?


काठमाडौँ ।

भगवती हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज आइतबार अन्तिम दिन हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आइतबार कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । भगवती हाइड्रोपावरले २४ असारदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपिओ बिक्री खुला गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयलाई जारी गरेको छ ।

यसमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा-१३, १४, २६ र २७ का बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘केयर एनपी ट्रिपल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ ।

स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।