अर्थतन्त्रको मनोबल गिर्न नदिन लचकता देखाइएको हो : गभर्नर अधिकारी

अर्थतन्त्रको मनोबल गिर्न नदिन लचकता देखाइएको हो : गभर्नर अधिकारी


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रतर्फ ११.५ प्रतिशतको कर्जा वृद्धि हुने लक्ष्य राखेको बताएका छन् ।

मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार काठमाडौँमा आयोजित छलफल कार्यक्रममा गभर्नर अर्थतन्त्रको मनोवल गिर्न नदिन अन्य बैंकको तुलनामा राष्ट्र बैकले लचकता देखाएको बताएका हुन् ।

‘अन्य बैंकको तुलनामा हामी अलि लचक भएका छौँ । गत वर्षको तुलनामा अवस्था अलि सहज हुँदै गएको छ । हाम्रो अर्थतन्त्रमा परेको असर र मनोबल गिरेको अवस्था छ,’ उनले भने, ‘त्यसलाई पनि कही कतै प्रश्रय दिन सकिन्छ कि भनेर हामीले यति रेट घटाइराख्दा भन्ने हिसाबले हामीले यो दरलाई अति तल झारेका छौँ । समग्रमा ११.५ प्रतिशतको कर्जा निजी क्षेत्रतर्फ वृद्धि हुने लक्ष्य हामीले राखेका छौं । ’

गभर्नर अधिकारीले प्रत्येक वर्ष मौद्रिक नीतिले लिएको लक्षलाई आ-आफ्नो कार्ययोजनामा कार्यान्वयन गर्ने हो भने लक्ष्य हासिल गर्न सकिने बताए ।

राष्ट्र बैंकले ल्याएको नीतिमा निजी क्षेत्रको कर्जालाई कार्यविधि बनाएर ल्याएको पनि उनले स्पष्ट पारेका छन् ।