एक क्विन्टल सुन प्रकरण : होटल भियानामा छापा, एक जना पक्राउ

एक क्विन्टल सुन प्रकरण : होटल भियानामा छापा, एक जना पक्राउ


काठमाडौं ।

काठमाडौंको ठमेलस्थित होटल भियानामा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनसँग सम्बन्धित एकजना व्यक्ति त्यहाँ बसेको सुराक पाएपछि छापा मारिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेर अनुसन्धान गरिरहेको छ । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।

सो प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।