१०० किलाे सुन तस्करी प्रकरण : भियना होटेल सञ्चालक पक्राउ

१०० किलाे सुन तस्करी प्रकरण : भियना होटेल सञ्चालक पक्राउ


काठमाडौँ ।

१ क्विन्टल सुन बरामद प्रकरणमा संलग्न रहेकाे आशंकामा ठमेलस्थित होटल भियनाका  सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको टोलीले होटेलमा छापा मारेर उनलाई पक्राउ गरेको हो । बिहीबार बिहान छापा मारेको विभागको टोलीले केही सामग्री बरामद गर्दै छिरिङलाई नियन्त्रणमा लिएको हो ।

छिरिङ पक्राउ परेसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १८ जना पुगेको छ ।

विभागको टोलीले होटलबाट एक जना नेपाली मूलका बेल्जियम नागरिक छिरिङको हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग कनेक्सन पाइएपछि पक्राउ गरेको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधार देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ ।