ओरालो लाग्यो नेप्से, २ अर्ब ५० करोडको कारोबार

ओरालो लाग्यो नेप्से, २ अर्ब ५० करोडको कारोबार


काठमाडौं ।

कारोबारको पहिलो दिन आज नेप्सेमा गिरावट आएको छ । बजारमा गिरावट आएसँगै १२ उपसूचकमा पनि राताम्मे छाएको छ ।

आइतबार नेप्से सूचांक २६.१४ अंकले घटेर २१०० को विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत २६६ कम्पनीहरुको ६८ लाख ६० हजार कित्ता शेयर कारोबार हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार माथिको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आएसँगै १२ उपसूचक राताम्मे भएका छन् । आइतबार म्युचुअल फण्ड उपसूचक ०.३२ प्रतिशतले बढेको छ भने फाइनान्स उपसूचक सर्वाधिक २.३२ प्रतिशतले घटेको छ । त्यस्तै आज होटल तथा पर्यटन उपसूचक र ट्रेडिङ उपसूचक क्रमशः २.०८ र २.०७ प्रतिशतले घटेका छन् ।

आज शेयर बजार २६.७३ अंकले घटेर २०९९ को बिन्दुमा कायम भएको छ ।आज सुपरमाई हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक डिभेन्चर २०८४, सिनर्जी पावर, मेगा म्युचुअल फण्ड १, एनएमबी हाइब्रिड फण्ड १ लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ६.७८ प्रतिशतले सर्वाधिक घटेको छ ।त्यस्तै, अभियान लघुवित्त, हिमालयन लघुवित्त, सनराइज ब्लुचिप, रावा इनर्जी डेभलपमेन्ट लगायतका कम्पनीहरुको शेयरमूल्य सर्वाधिक घटेको छ ।