खुल्याे पहिराेले अवरुद्ध बनेकाे मुग्लिन–नारायणगढ सडक

खुल्याे पहिराेले अवरुद्ध बनेकाे मुग्लिन–नारायणगढ सडक


काठमाडौँ ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी नै सवारीसाधन सञ्चालनमा ल्याइएको छ । पहिरो खसेका कारण आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको थियो ।

इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

आइतबार दिउँसो करिब ३ बजेदेखि दुईतर्फी नै यातायातका साधन सञ्चालन गराइएको सो कार्यालयले जानकारी दिएको छ ।

वर्षाका कारण यो सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा पटकपटक अवरुद्ध हुँदै आएको छ ।