अतिक्रमित सामाखुसी खाेलामा महानगरकाे डाेजर

अतिक्रमित सामाखुसी खाेलामा महानगरकाे डाेजर


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले सामाखुसी खोला नै ढाक्ने गरी बनाइएका कंक्रिटका संरचना (स्ल्याब) हटाउन सुरु गरेको छ ।

सामाखुसी खोलामाथि अनधिकृत रूपमा बनाइएका कंक्रिट संरचना हटाउन महानगरले डोजर चलाएको हो । महानगरले केही दिनअघि सूचना जारी गरी खोला अतिक्रमण गरेर बनाइएका कंक्रिट ढलान, छोप्न प्रयोग भएका सामान हटाउन भनेकाे थियो ।

सूचना बेवास्ता गरेपछि महानगरले ती संरचनामा डाेजर चलाएकाे हाे । महानगर प्रहरीका अनुसार छड्के बाटोको पुलबाहेक सबै संरचना भत्काइने छ ।

सामाखुसी खोला किनारमा स्थानीयले घर बनाउँदा सडकका लागि छाड्नुपर्ने ४ मिटर क्षेत्र नछोडी घर बनाएर खोलामाथि स्ल्याब ढलान राखेर बाटोका रूपमा प्रयोग गरेको महानगरले जनाएको छ ।