नापी अधिकृत पुरीले १ कराेडभन्दा बढी भ्रष्टाचार गरेकाे आराेप

नापी अधिकृत पुरीले १ कराेडभन्दा बढी भ्रष्टाचार गरेकाे आराेप


काठमाडौँ ।

नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

१ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

२०७९ असार मसान्तसम्म १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँबराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।