द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि…

द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि…


पाकिस्तान ।

पंजाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा ५ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा ३ जना महिला र २ जना बालबालिकाले ज्यान गुमाएका छन् ।

पूर्वी  प्रान्तको राजनपुर जिल्लामा आइतबार उक्त दुर्घना भएको जनाउँदै प्रहरीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएको छ ।

दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पताल पुर्‍याइएको प्रमुख अस्लमले संचारकर्मीलाई बताएका छन् ।

तीर्थयात्री सवार उक्त बस पंजाबको दक्षिणी क्षेत्रमा रहेको सुफी संत सखी सरवरको मन्दिरबाट ज्याकोबाबाद जिल्लातर्फ फर्केको थियो ।

दुर्घटनामा घाइते भएका बस चालकले यात्रा सुरु गर्नुअघि चरेस सेवन गरेको आशंका स्थानीय प्रहरीले उनको रगत परीक्षण गराउन आदेश दिएको छ ।