रिलायबल लाइफले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्दै

रिलायबल लाइफले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्दै


काठमाडौं ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि प्रिमियममा आईपिओ बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो ।

हाल कम्पनीको जारी पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । सो पूँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि खुल्ला गरेको आईपीओ बाँडफाँड गरिसकेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि कुल १ करोड १० लाख कित्ता शेयर बराबरको आईपीओ निष्काशन गरेको छ । सो आईपीओमा साउन २३ गतेदेखि २६ गते बैंक समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिएका थिए । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।