सुनको भाउ ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडाै‌ँ 

नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ।

आज सुनको भाउ तोलामा ३०० रुपैँयाले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ६०० रुपैँया र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैँया कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ३०० रुपैँयाले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ९०० रुपैँया र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैँयामा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैँयाले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैँयाले बढेर चाँदी १ हजार ४५५ रुपैँयामा किनबेच भएको थियो।