फर्स्ट माइक्रोफाइनान्सको नाफा किन भयो प्रभावित ?

फर्स्ट माइक्रोफाइनान्सको नाफा किन भयो प्रभावित ?


काठमाडौं ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

यसअवधिमा खुद नाफा २३.३९ प्रतिशतले घटेर १९ करोड ६९ लाख ३० हजार रुपैँयामा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २५ करोड ७० लाख ५२ हजार रुपैँया खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी सामान्य अर्थात १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख ३४ हजार रुपैँया पुगेको छ ।

एक वर्षको अवधिमा यस कम्पनीको सञ्चालन नाफा, खुद फि तथा कमिसन आम्दानी घटेको छ भने खराब कर्जा बढेको छ । यसले गर्दा खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा २३.३९ प्रतिशतले घटेर २८ करोड ४७ लाख ३४ हजार रुपैँयामा आएको छ ।

खराब कर्जा ०.६६प्रतिशत पुगेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४९ पैसाले घटेर १७ रुपैयाँ १६ पैसामा आएको छ । नाफा घट्दा प्रतिसेयर आम्दानी पनि प्रभावित भएको हो । प्रतिसेयर नेटवर्थ १३७ रुपैँया ८७ पैसा छ ।