सन नेपाल लाइफ इन्स्योरेन्सको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपिओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं ।

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपिओमा आवेदन दिने सोमबार अन्तिम दिन हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समयभित्र यस कम्पनीको आईपिओमा आवेदन दिन सक्नेछन् । सन नेपाल लाइफले १ साउनदेखि आईपिओ बिक्री खुला गरेको हो ।

यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपिओ सर्वसाधारणलाई जारी गर्दै छ ।

त्यसमध्येबाट १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आईपिओ जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले सन नेपाल लाइफको आइपिओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपिओमा नेपाल एसबिआई मर्चोन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।