सरकारले रकम भुक्तान नगरेको भन्दै निर्माण व्यवसायी महासंघ आन्दोलित

सरकारले रकम भुक्तान नगरेको भन्दै निर्माण व्यवसायी महासंघ आन्दोलित


काठमाडौं ।

सरकारले आर्थिक वर्ष सकिँदा पनि ठुलो रकम भुक्तान नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ।

रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासंघले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएको हो ।

रकम भुक्तान गर्न माग गर्दै म्याद थपसम्बन्धी निर्णयको विरोधमा व्यवसायीहरू सेफ्टी हेल्मेटसहित १ घन्टा धर्ना बसे ।

यसअघि माइतीघर मण्डलासहित स्थानमा धर्ना बसेका उनीहरूले व्यवसायीले विभिन्न समस्या झेल्नुपरिरहेको गुनासो गरेका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले राज्यको गैरजिम्मेवारपनका कारण महासंघले बाध्य भएर आन्दोलन गर्नु परेको बताए ।

म्याद थप, भुक्तानीका बारेमा महासंघले गत फागुनदेखि नै सरकारका सबै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा आए पनि कुनै सुनुवाइ नभएपछि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको अध्यक्ष सिंहले बताए ।

२०८० असार २१ मा म्याद थपको अमूर्त सूचना प्रकाशित गरिएको भन्दै त्यसलाई नमान्ने जनाउँदै आएका छन्।

विगत १ वर्षमा वर्षा, क्रसर बन्द, महंगी, निर्वाचन, भुक्तानी अभावलगायत कारणले काम हुन नसकेको जनाउँदै निर्माण व्यवसायी महासंघले सबै आयोजनाहरूको एकमुष्ट २०८१ असार मसान्तसम्म म्याद थप हुनुपर्ने माग गर्दै आएका छन् ।