पहेँलो धातुसहित बिमानस्थलबाट एकजना पक्राउ

पहेँलो धातुसहित बिमानस्थलबाट एकजना पक्राउ


काठमाडौं ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरबाट करिब ८१ ग्राम तौलको सुनजस्तो देखिने धातुको ब्रासलेट १ थानसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका–६ घर भएका ३४ वर्षीय दिपक भण्डारी रहेका छन् ।

कतार एयरवेयजको उडानद्वारा काठमाडौं आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।