शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली


काठमाडौं ।

आज कारोबारको दोस्रो दिन सोमबार नेप्से सूचकांक ५.८४ अंकले बढेर २,१०६ को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ५५ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाखको कारोबार भएको छ ।

नेप्सेमा सुधार देखिएतासँगै १० उपसूचकमा पनि हरियाली छाएको छ ।

आज सर्वाधिक ट्रेडिङ उपसूचक १.९७ प्रतिशतले बढेको छ भने दोस्रोमा फाइनान्स उपसूचक १.२६ प्रतिशतले बढेको छ ।

सोमबार हाइड्रोपावर उपसूचक सर्वाधिक ०.३७ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसूचक क्रमशः ०.१० र ०.०५ प्रतिशतले घटेका छन् ।