आइएमई पेकाे प्रिटी उत्सव, ५ हजारकाे भाैचर जित्ने माैका

आइएमई पेकाे प्रिटी उत्सव, ५ हजारकाे भाैचर जित्ने माैका


काठमाडौँ ।

आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै प्रिटी उत्सव नामक अफर सार्वजनिक गरेको छ ।

सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने छ ।

यस अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको ५ हजारको भाैचर प्रदान गरिनेछ ।

सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तरालभरी कम्तीमा एक पटक आइएमई पेमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ ।

अफर अन्तराल‍भरी प्रत्येक ५ दिनपश्चात् गोलाप्रथामार्फत २ जना विजेता छनौट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ ।

सेवाग्राहीले जुनसुकै क्युआर मार्फत भुक्तानी गर्न सक्ने छन् । विजेताहरूले प्रिटी क्लिकमा गएर सो भाैचर प्रयोग गर्न सक्ने छन् । यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागि मात्र मान्य छ ।