नेदरल्यान्ड्स पठाइदिने भन्दै ६ जना ठग्ने बर्मा पक्राउ

नेदरल्यान्ड्स पठाइदिने भन्दै ६ जना ठग्ने बर्मा पक्राउ


काठमाडौँ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेदरल्यान्ड्स पठाइदिन्छु ६ जनाबाट करिब ४५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोपमा १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर स्थायी घर भई काठमाडौँको शान्तिनगर बस्दै आएका ३७ वर्षीय कपिल बर्मा छन् ।

सुपरमार्केटको स्टोरकिपरमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ खर्च लाग्ने र मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाइएको प्रहरीले जनाएको छ।

प्रहरीले बर्मालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।