इसेवाबाट बिमा शुल्क बुझाउनुस्, डेलको ल्यापटप जित्नुहोस्

इसेवाबाट बिमा शुल्क बुझाउनुस्, डेलको ल्यापटप जित्नुहोस्

हरेक दिन ५ जनालाई ५०० क्यासब्याक अफर


काठमाडौँ ।

भुक्तानी सेवा प्रदायक इसेवाले बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा आकर्षक पुरस्कारको व्यवस्था गरेको छ ।

इसेवामार्फत् बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा भाग्यशाली एक जनाले डेलको ५३२० आइफाइभ ल्यापटप जित्न सक्ने इससेवाले जनाएको छ ।

साउन २५ गतेसम्म सञ्चालन हुने यो अभियानमा हरेक दिन ५ जना भाग्यशाली ग्राहकले ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा सहभागी हुन कुनै पनि लाइफ इन्स्योरेन्सको प्रिमियम इसेवामार्फत भुक्तानी गर्नुपर्नेछ भने भुक्तानी गर्ने व्यक्ति इसेवामा प्रमाणित भएको हुनुपर्नेछ ।

दैनिक उपहार विजेताको नाम हरेक हप्ता इसेवाको ब्लग र फेसबुकपेज मार्फत सार्वजनिक गरिने इसेवाले जनाएको छ ।

योजनाको अन्त्यमा ग्रान्ड पुरस्कार विजेता छनोट गरी ल्यापटप प्रदान गरिनेछ । ग्रान्ड पुरस्कार विजेताको नाम इसेवाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आइओएस मोबाइलमार्फत ७५ लाखभन्दा बढी ग्राहकले लिइरहेका छन् । यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेको इसेवाले जानकारी दिएको छ ।

इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानीलगायत विभिन्न सेवा तथा मर्चेन्टको भुक्तानी गर्न सकिन्छ ।