आज उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ४ सयले बढेको हो ।

सोमबार १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १३ हजारमा कारोबार हुने नेपाल सुन चाँदी व्यसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १२ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी तोलामा २५ रुपैयाँले बढेको हो ।

हिजो १ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ अजार ४ सय ७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।