भारतले ७ रुपैयाँले बढाएर पठायो पेट्रोलको मूल्य, ग्यास भने घटेर आयो

भारतले ७ रुपैयाँले बढाएर पठायो पेट्रोलको मूल्य, ग्यास भने घटेर आयो


काठमाडौं ।

भारतीय आयल कर्पोरेसन (आईओसी )ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर ७.८७ रूपैयाँ, डिजेल ६.६१ रुपैयाँले बढेर आएको छ ।

यस्तै, मट्टितेलमा ७.५० रूपैयाँ र हवाई इन्धन ८ रूपैयाँले बढेको निगमले जनाएको छ ।

यता खाना पकाउने ग्यासको मूल्य भने १ सय रूपैयाँले घटेर आएको छ ।

नेपालमा साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू भएकाले भारतबाट बढेर आएको मूल्य यहाँ पनि बढ्ने र घटेर आएको मूल्य घट्ने निगमले जनाएको छ । सोहिअनुसार निगमले मूल्य समायोजन गर्नेछ ।