२८ अंकले घट्यो नेप्से, १ अर्ब ९२ करोडको कारोबार

२८ अंकले घट्यो नेप्से, १ अर्ब ९२ करोडको कारोबार


काठमाडौं ।
मंगलबार नेप्सेमा गिरावट आएको छ ।

मंगलबार नेप्से सूचकांक २८.५९ अंकले घटेर २०७७ को विन्दुमा झरेको छ ।

नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ६० लाख १५ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९२ करोड ४४ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा गिरावट आएसँगै १२ उपसूचकहरुमा रातो पोतिएको छ । आज एकमात्र म्युचुअल फण्ड उपसूचमा हरियाली छाएको छ । म्यचुअल फण्ड उपसूचक ०.३५ प्रतिशतले बढेको छ ।

त्यस्तै , आज सर्वाधिक निर्जीवन बीमा उपसूचक २।४७ प्रतिशतले घटेको छ । फाइनान्स उपसूचक २.४३ प्रतिशतले घटेको छ भने आज होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले घटेको छ ।