फर्मासिस्टकाे नाम दर्ता परीक्षाको आवेदन खुल्याे

फर्मासिस्टकाे नाम दर्ता परीक्षाको आवेदन खुल्याे


काठमाडौँ ।

नेपाल फार्मेसी परिषद्ले २३औँ नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको छ ।

परिषद्ले मंगलबार सूचना जारी गर्दै साउन ३२ गते बेलुका ५ बजेसम्म आवेदन दिन सकिने जनाएको हो ।

सम्पूर्ण प्रमाणपत्र नोटरी पब्लिकद्वारा प्रमाणित गराई आवेदन भर्न परिषद्ले सूचनामा भनेको छ ।

कागजात प्रमाणीकरण नभएमा त्यस्ता फारमहरूलाई स्वतः रद्द गर्ने जनाइएको छ ।