भारतबाट बढेर आएसँगै नेपालमा पनि बढ्याे पेट्रोलियमकाे मूल्य

भारतबाट बढेर आएसँगै नेपालमा पनि बढ्याे पेट्रोलियमकाे मूल्य


काठमाडौं । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

यसैगरी, खाना पकाउने एलपी ग्यासको मुख्य प्रति सिलिण्डर १३० रुपैयाँले घटाएको छ ।

नयाँ मूल्य अनुसार, अब ग्यास प्रति

सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ ।

हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।