दाङका १३ हजार २ सय परिवार व्यापारमा सक्रिय, उत्पादनको अवस्था कमजोर

दाङका १३ हजार २ सय परिवार व्यापारमा सक्रिय, उत्पादनको अवस्था कमजोर


दाङ ।

दाङमा १३ हजार २ सय ९४ परिवार कृषिबाहेक व्यापार–व्यवसायमा सक्रिय रहेका छन् ।

राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकअनुसार घरेलु उद्योगमा १७.९, व्यापारमा ५२, यातायात क्षेत्रमा ८.७, सेवा क्षेत्रमा ९.६ र अन्य क्षेत्रमा ११.८ प्रतिशत सक्रिय छन् ।

तथ्यांकले उत्पादनभन्दा पनि व्यापारमा सक्रिय हुने संख्या बढी रहेको देखाएको छ । यसबाट जिल्लामा उत्पादनको अवस्था कमजोर देखाएको छ । उद्योग तथा उत्पादन क्षेत्र कम हुँदा जिल्ला आत्मनिर्भर हुन सकेको छैन । सहरी क्षेत्रका पालिकाहरुमा बढी र ग्रामीण क्षेत्रका पालिकामा कम परिवारले व्यवसाय गर्ने गरेको जनगणनाको तथ्यांकले देखाएको छ ।

जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा २ सय १० परिवार व्यवसायमा रहेका छन् । जसमध्ये घरेलु उद्योगमा २१.९, व्यापारमा ५०.५, यातायातमा २.९, सेवा क्षेत्रमा २१ र अन्य क्षेत्रमा ३.८ प्रतिशत रहेका छन् । जिल्ला सदरमुकाममा रहेको घोराही उपमहानगरपालिकामा ३ हजार ७८१ जना परिवार व्यवसायमा सक्रिय रहेका छन् ।

जसमा घरेलुतर्फ १४.८, व्यापारमा ५४, यातायात क्षेत्रमा ७.५, सेवा क्षेत्रमा ९.५ र अन्य क्षेत्रमा १४.२ प्रतिशत रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाका ३ हजार सात सय ४८ परिवारले व्यवसाय गरिरहेका छन् । जसमा घरेलुतर्फ १४.९, व्यापारमा ५५.१, यातायात क्षेत्रमा ८.७, सेवा क्षेत्रमा १०.४ र अन्य क्षेत्रमा ११ प्रतिशत रहेका छन् ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा ६ सय ६० परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलु उद्योग क्षेत्रमा १४.८, व्यापारमा ४२.४, यातायातमा ११.२, सेवामा ६.४, अन्य क्षेत्रमा २५.२ प्रतिशत रहेका छन् । बबई गाउँपालिकामा ४ सय ८१ परिवारले व्यवसाय गर्ने गरेका छन् भने दंगीशरण गाउँपालिकामा ५३९ परिवारले व्यवासाय गर्ने गरेको तथ्यांकले देखाएको छ ।

यस्तै, लमही नगरपालिकामा १ हजार ११४ परिवार व्यवसायमा आबद्ध रहेको पनि तथ्यांकले देखाएको छ । जसमा घरेलुतर्फ १८.७, व्यापारमा ५६.७, यातायातमा ९.४, सेवा क्षेत्रमा ९.२ र अन्य क्षेत्रमा ६ प्रतिशत छन् । व्यवसयामा आबद्ध हुनेतर्फ राप्ती गाउँपालिकाका १ हजार ३ सय १८ परिवार रहेका छन् । जसमा घरेलु उद्योगमा २४.५, व्यापारमा ४८.३, यातायातमा ७.७, सेवामा ८.२, अन्य क्षेत्रमा ११.४ प्रतिशत रहेका छन् । गढवा गाउँपालिकामा व्यवसाय गर्नेको सङ्ख्या १ हजार ४ परिवार छन् ।

त्यसमध्ये घरेलुमा २८.४, व्यापारमा ४७.२, यातायातमा १०.९, सेवा क्षेत्रमा ५.८ र अन्य क्षेत्रमा ७.८ प्रतिशत रहेका छन् । राजपुर गाउँपालिकामा ४ सय ३९ परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलुतर्फ १२.८, व्यापारमा ४९.२, यातायातमा ८.४, सेवामा १५ र अन्य क्षेत्रमा १४.६ प्रतिशत रहेको छ ।