आर्थिक हिनामिना गरेको भन्दै बन्दुकले हानेर श्रीमतीको हत्या

आर्थिक हिनामिना गरेको भन्दै बन्दुकले हानेर श्रीमतीको हत्या


तनहुँ ।

तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या गरेका छन् ।

व्यास नगरपालिका –५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको भरुवा बन्दुक हानेर हत्या गरेका हुन् ।

गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ । आर्थिक हिनामिना गरेको भन्दै विवाद चर्किएपछि उक्त घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।