ग्लाेबल आइएमई बैंकमा खाता छ ? छ भने निःशुल्क क्रेडिट कार्ड लिने अवसर छ

ग्लाेबल आइएमई बैंकमा खाता छ ? छ भने निःशुल्क क्रेडिट कार्ड लिने अवसर छ


काठमाडाैँ ।

यदि तपाईं ग्लाेबल आइएमई बैंककाे ग्राहक हाे भने खुसीकाे खबर छ । बैंकले आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्डकाे अफर ल्याएकाे छ ।

तर, त्याे सुविधा लिन महिला ग्राहक हुनुपर्ने छ । ग्लोबल आइएमई बैंकले महिला ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी ‘श्रावण स्पेसल अफर’ सार्वजनिक गरेको हाे ।

बैंकले सार्वजनिक गरेको योजनाअन्तर्गत महिला ग्राहकले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना साउन १६ गतेदेखि सीमित अवधिका लागि लागू हुने बैंकले जनाएकाे छ ।

आफ्ना ग्राहककाे सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।