पशुपति धर्मशालाको जग्गाको भाडा नवीकरण गर्न १५ दिनको अल्टिमेटम

पशुपति धर्मशालाको जग्गाको भाडा नवीकरण गर्न १५ दिनको अल्टिमेटम


काठमाडौं ।

पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समाजले प्रयोग गर्दै आएको पशुपति धर्मशालाको जग्गाको भाडा पुनरावलोकन गरी सम्झौताका लागि १५ दिनको अल्टिमेटम दिएको छ ।

बुधबार बिहान सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको पशुपति क्षेत्र विकास कोषको बैठकले भाडा पुन मुल्यांकनसहित सम्झौताका लागि १५ दिनको म्याद दिएको हो ।

मारवाडी सेवा समाजले २०६० जेष्ठ ९ गतेबाट क्षेत्र विकास कोषको गौसलामा रहेको ९ रोपनी जग्गा बार्षीक ५१ हजारमा प्रयोग गर्दै आइरहेको थियो । कौडीको भाउमा प्रयोग गर्दै आएको उक्त जग्गामा मारवाडी सेवा समाजले धर्मशाला सञ्चालन गर्दै आएको छ ।

यस अघि अख्तियार दुरुपयोग अनुसन्धन र सर्वाेच्च अदालतले समेत भाडा पुन नविकरण गर्नु निर्णय गरेको थियो । तथापी विभिन्न बहानामा मारवाडी सेवा समाजले उक्त निर्णय कार्यन्वयन गर्न आलटाल गरिरहेको थियो ।