नयाँ संसद भवनको निर्माण प्रगतिप्रति सभामुख असन्तुष्ट

नयाँ संसद भवनको निर्माण प्रगतिप्रति सभामुख असन्तुष्ट


काठमाडौं ।

सभामुख देवराज घिमिरेले, निर्माणाधिन संसदको भवन निर्माणलाइ थप तिब्रता दिनु पर्ने आवश्यकता औल्याएका छन् ।

निर्माणाधिन संसदको भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा उनले भवन निर्माणको प्रगति प्रति असन्तुष्टि जनाएका हुन् ।

‘निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिएको छु । भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६२.१० प्रतिशत रहेको अवस्था छ ।

हिउँदे अधिवेशन गर्ने गरी काम भइरहे पनि अझै थप तीब्रता दिनुपर्ने सुझाव दिएको छु । भवनको प्रगतिबारे नियमित जानकारी लिने क्रम निरन्तर रहनेछ ।’ सभामुख भनेका छन् ।

छलफलमा शहरी मन्त्रालयका सचिवलगायतका सरोकारवाला सरकारी अधिकारीहरु सहभागि थिए ।