सामान्य अंकले उकालो लाग्यो नेप्से, शिवम् सिमेन्ट्सको सर्वाधीक कारोबार

सामान्य अंकले उकालो लाग्यो नेप्से, शिवम् सिमेन्ट्सको सर्वाधीक कारोबार


काठमाडौ ।

सेयर बजारमा बुधबार सुधार देखिएको छ ।

यस दिन नेप्से सूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा आएको छ । १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

मौद्रिक नीति आउनुअघि राम्रैसँग बढेको बजार त्यसयता भने निरन्तरजसो घटिरहेको थियो । यसअघि सोमबार बजार केही सम्हालिए पनि मंगलबार पुनः घटेको थियो । तर बुधबार फेरि सकारात्मक देखिएको छ । बजार निरन्तर घट्दा सेयर भाउ सस्तो भइसकेको छ ।

यस दिन २६९ कम्पनीको ९३ लाख ६१ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

११ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा बैंकको संस्थापक सेयर र प्रोग्रेसिभ फाइनान्स परेका छन् ।