सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई समेट्न सकेन : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई समेट्न सकेन : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अहिले सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको बताएका छन् ।

बुधवार राष्ट्रिय सभा अन्तर्गत,राष्ट्रिय सरोकार समन्वय समितिद्धारा आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले अहिलेको जस्तो बजेट योजना ,बजेट छलफल र वितरण गर्ने प्रणालीले देशको विकास नहुँने बताए ।

उनले भने,‘अहिलेको जस्तो बजेट योजना, बजेट छलफल र वितरण गर्ने प्रणालीले हामी कहीँ पुग्न सक्दैनौ । सबैको अन्तर विरोध र व्यवहार समानतापूर्ण छैन् । देशको प्रधानमन्त्री हुन नसक्ने देशको अर्थमन्त्री हुन नसक्ने अनि कसरी मुलुक चल्छ ? ’

अध्यक्ष तिमल्सिनाले जनताद्धारा निर्वाचित नेताहरुले स्थानीय तहको समस्याहरु पहिचान गर्न नसकेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा गएर कसरी स्थानीय तहलाई बलियो बनाउँने भन्ने बारे सोच्नुपर्ने टिप्पणी गरे ।