किन्ने हाेइन त एफडीकाे इलेक्ट्रिक स्कुटर ? त्याे पनि जिराे डाउन पेमेन्ट, जिराे ब्याजमा

किन्ने हाेइन त एफडीकाे इलेक्ट्रिक स्कुटर ? त्याे पनि जिराे डाउन पेमेन्ट, जिराे ब्याजमा


काठमाडाैँ ।

एफडी माेटर्सका इलेक्ट्रिक स्कुटर किन्दा कुमारी बैंकले शून्य प्रतिशत ब्याजदरमा लगानी गर्ने भएकाे छ ।

यससम्बन्धी ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लि. (एफडी मोटर्स) र कुमारी बैंकबीच सम्झौता भएको छ ।

एफडी मोटर्सका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई सरल र सहज रूपमा क्रेडिट कार्डमार्फत बैंकले लगानी गर्नेछ ।

डाउन पेमेन्ट पनि गर्नु नपर्ने र ब्याज पनि शून्य प्रतिशतमा लगानी सम्झाैता भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकका ग्राहकले कुनै पनि शाखा वा एफडी मोटर्सका सोरुममा गई आवश्यक कागजात दिएर १२ महिनादेखि १८ महिनासम्मको किस्तामा इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्नेछन् ।

यदि कुनै ग्राहकले कर्जाको भुक्तानी अग्रिम रूपमा गर्न चाहेमा अतिरिक्त शुल्क लाग्ने छैन ।

एफडी मोटर्सले हाल दुइटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा ‘एफ-५’ को मूल्य २ लाख ६१ हजार ९९९ र ‘एफ-५ ए’को मूल्य २ लाख ९७ हजार ९९९ रुपैयाँ छ ।