खुल्ने भयाे सोनापुर मिनिरल्सकाे आइपिओ, कसले कति रुपैयाँ तिर्नुपर्छ ?

खुल्ने भयाे सोनापुर मिनिरल्सकाे आइपिओ, कसले कति रुपैयाँ तिर्नुपर्छ ?


काठमाडौँ ।

सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम भाउमा आइपिओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

सोनापुरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ फेस भ्याल्युमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपिओ बिक्री हुने भएको छ ।

यस्तै, सर्वसाधारणलाई भने १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँको दरले आइपिओ बिक्री हुने भएको छ ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।