३ अंकले उकालो लाग्यो नेप्से, १ अर्ब ७८ करोडको कारोबार

३ अंकले उकालो लाग्यो नेप्से, १ अर्ब ७८ करोडको कारोबार


काठमाडौं

कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । नेप्सेमा सुधार आएसँगै ५ उपसूचक बाहेक अन्य सबै उपसूचकमा हरियाली छाएको छ ।

बिहीबार नेप्से सूचकांक ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ५१ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाख ४१ हजारको कारोबार भएको छ । नेप्सेमा कारोबार रकम निरन्तर रुपमा घटिरहँदा लगानीकर्तामा निराशा छाएको छ ।

नेप्से सूचकांक बढेसँगै ८ उपसूचकमा हरियाली छाएको छ । बिहीबार ट्रेडिङ उपसूचक सर्वाधिक १.८१ प्रतिशतले बढेको छ । दोस्रोमा अन्य उपसूचक ०.५८ प्रतिशतले र लाइफ इन्स्योरेन्स उपसूचक ०.५६ प्रतिशतले बढेको छ ।

त्यस्तै, बिहीबार फाइनान्स उपसूचक सर्वाधिक १.५२ प्रतिशतले घटेको छ । दोस्रोमा होटल तथा पर्यटन उपसूचक ०.५८ र हाइड्रोपावर उपसूचक ०.५७ प्रतिशतले घटेको छ ।