किङ्स लाउन्ज ट्रेडमार्क लडाइँ : ट्रेडमार्क चोरी गर्ने उजुरीकर्ता आफैँ

 किङ्स लाउन्ज ट्रेडमार्क लडाइँ : ट्रेडमार्क चोरी गर्ने उजुरीकर्ता आफैँ


काठमाडौं । 

किङ्स लाउन्ज र द किङ्स लाउन्ज एण्ड पब बीचको ट्रेडमार्क पेचिलो बन्दै गएको छ । किङ्स लाउन्जले पोखरामा रेष्टुरेन्ट र होटल सञ्चालन गर्दै आएको छ भने द किङ्स लाउन्ज एण्ड पवले काठमाडौंमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ । 

स्थापनाताका दुवै कम्पनीका एकै संस्थापक रहेका व्यक्तिहरू पोखराको किङ्स लाउन्ज बेचेर बाहिरिएपछि इगो साधेर आफैँले बेचेको कम्पनी विरुद्ध हात धोएर लागेका छन् । आफ्नो नाममा दर्ता रहेको लोगो किङ्स लाउन्जले प्रयोग गरेको भनेर उद्योग विभागमा उजुरी गर्ने द किङ्स लाउन्ज एण्ड पवका सञ्चालकहरूले नै किङ्स लाउन्जका नाममा दर्ता रहेको किङ्स लाउन्ज नाम गैरकानुनी रुपमा चोरी गरिरहेको पाइएको छ । किङ्स लाउन्ज प्रा.लि.ले किङ्स लाउन्ज (शब्द) ट्रेडमार्क आफ्नो नाममा दर्ता गराएको छ । 

कम्पनीले बर्ग ३५ अन्तर्गत प्रयोग गर्ने गरी उद्योग विभागले किङ्स लाउन्ज (शब्द) औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गर्ने गरी २०७९ असोज २८ मा निर्णय गरेको थियो ।  विवाद झिक्ने द किङ्स लाउन्ज एण्ड पबका सञ्चालकले किङ्स लाउन्जको नाममा दर्ता रहेको ट्रेडमार्क गैरकानुनी रुपमा प्रयोग गरिरहेका छन् । उनीहरुले आफ्नो कम्पनीको पूरा नाम द किङ्स लाउन्ज एण्ड पब मात्रै लेख्न पाउँछन् । यसरी उजुरीकर्ता आफैँले गैरकानुनी काम गरिरहेको पाइएको छ ।

 


 के हो विवाद ? 
किङ्स लाउन्ज एण्ड पब प्रा.लि.ले किङ्स लाउन्जका विरुद्ध आफ्नो ट्रेडमार्क गैरकानुनी रुपमा प्रयोग गरेको भनेर उजुरी दर्ता गराएको थियो । त्यही उजुरीका आधारमा उद्योग विभागले साउन १२ मा उद्योग विभागले किङ्स लाउन्जले प्रयोग गर्दै आएको ट्रेडमार्क प्रयोग नगर्न कानुनविपरीत अन्तरिम आदेश दिएको थियो । द किङ्स लाउन्ज एण्ड पब प्रा.लि दर्ता हुँदा संस्थापक शेयरधनी रामचन्द्र श्रेष्ठ, कुमार गुरुङ, संगम राई, दर्शन भट्टराईलगायत थिए । ती मध्ये श्रेष्ठ, गुरुङलगायत नै किङ्स लाउन्ज प्रा.लि.का संस्थापक हुन् । अहिले पनि इश्वर खड्गी दुवै कम्पनीको सेयरधनी छन् ।  

किङ्गस लाउन्ज एण्ड पब स्थायी लेखा नम्बर लिँदा सञ्चालक कुमार गुरुङको फोटो टाँसिएको छ भने किङ्गस लाउन्जको स्थायी लेखा नम्बर लिँदा रामचन्द्र श्रेष्ठ र कुमार गुरुङको स‌म्युक्त तस्वीर राखिएको थियो । पोखरा महानगरपालिका  ६ मा व्यवसाय दर्ता गर्दा किङ्गस लाउन्जको  व्यवसायी /पेशावालको नाम थर रामचन्द्र श्रेष्ठ रहेका छन् । यसमा पनि किङ्गस लाउन्ज प्रा.लि को लोगो राखिएको छ ।  

किङ्गस लाउन्ज प्रा.लि.का तत्कालीन संस्थापक अध्यक्ष रामचन्द्र श्रेष्ठ र सञ्चालक सदस्य कुमार गुरुङले वर्तमान सञ्चालक अध्यक्ष सुरेश मर्हजन, सञ्चालक संघरत्न डंगोललाई २०७६ असोज ३० गते शेयर बिक्री गरी बाहिरिएका थिए । यसरी दुबै कम्पनीका तत्कालीन अध्यक्षको रुपमा रामचन्द्र श्रेष्ठले काम कारबाही गरिरहेको अवस्थामा ट्रेडमार्क प्रयोगको विषयमा कुनै प्रकारको विवाद थिएन । तत्कालीन सञ्चालकहरूले आफ्नो शेयर बिक्री गर्दा समेत लोगो (ट्रेडमार्क) प्रयोगको विवाद भएको थिएन । 

कम्पनीको सेयर हस्तान्तरण गर्दा लोगो (ट्रेडमार्क) प्रयोग नगर्ने, नगराउने भनेर कुनै सम्झौता भएको थिएन । कम्पनी बिक्री गरेपछि लोगो चाहिँ मैले बेचेको छैन भन्ने आधार द किङ्स लाउन्ज एण्ड पबका सञ्चालकलाई छैन । विपक्षीहरूले कम्पनीको सेयर हस्तान्तरण गर्दा लोगो (ट्रेडमार्क) प्रयोग नगर्ने, नगराउने भनेर कुनै सम्झौता नभएको किङ्स लाउन्जका सञ्चालकमा भनाइ छ । ‘कम्पनी बिक्री गरेपछि लोगो चाहिँ मैले बेचेको छैन भन्ने आधार द किङ्स लाउन्ज एण्ड पबका सञ्चालकलाई छैन’ उनले भने, ‘घर बेच्दा आँगनको इनार पनि सँगै बिक्री हुन्छ, पछि इनारको पानी मेरो हो भन्न पाइन्छ र ?’

 

किङ्स लाउन्ज एण्ड पबका सञ्चालकहरुले उद्योग विभागमा किङ्स लाउन्जका विरुद्ध उजुरी गर्दा उद्योग विभागले किङ्स लाउन्जका सञ्चालकलाई सफाइको मौकै नदिई टेडमार्क प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ । विभागलाई त्यस्तो आदेश गर्ने अधिकार कानुनले दिएको छैन । उद्योग विभागको आदेशविरुद्ध किङ्स लाउन्जका सञ्चालक उच्च अदालत गएका छन् । उच्च अदालतले उद्योग विभाग र द किङ्स लाउन्ज एण्ड पबका सञ्चालकलाई कारण देखाउ आदेश जारी गरेको छ ।

 

 

अन्तरिम आदेशका लागि यही साउन २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । मुद्दा अदालतमा विचाराधीन रहेकै बेला द किङ्स लाउन्ज एण्ड पबका सञ्चालक दलबल सहित पोखरा स्थित किङ्स लाउन्ज होटल बन्द गराउन पुगेका थिए । कास्की जिल्ला प्रशासनले दुवै पक्षलाई बिहीबार छलफलका लागि बोलाएको छ ।

आफूले स्थापना गरेको कम्पनी छाडेपछि द किङ्स लाउन्ज एण्ड पबका सञ्चालकहरू किङ्स लाउन्जका सञ्चालकको चरित्रहत्या गर्न लागि परेका छन् । उनीहरूले आफैँले स्थापना गरेर किङ्स लाउन्जको ट्रेडमार्क देखाएर प्रिमियम मूल्यमा सेयर बिक्री गरी ठगी गरेको पाइएको छ ।