किन्ने होइन त जिरो प्रतिशत ब्याजदरमा सेगवे इलेक्ट्रिक स्कुटर ?

किन्ने होइन त जिरो प्रतिशत ब्याजदरमा सेगवे इलेक्ट्रिक स्कुटर ?


काठमाडौं ।

सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आईहबले, सेगवे इलेक्ट्रिक स्कुटरहरुको लागि शुन्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ ।

दिगो यातायात विकल्पहरूप्रति दृढ प्रतिबद्धताका साथ सेगवेको शुन्य प्रतिशत फाइनान्सिङ सेवाले नेपालभरका ग्राहकलाई ५ लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाईको विद्युतीय स्कुटरको स्वामित्वमा सशक्त बनाउने लक्ष्य राखेको छ ।

यो विशेष अफर सेगवेका सबै मोडेलहरू एन१००, ई१००, ई११०एल, र ई१२५ मा उपलब्ध रहेको छ ।

शुन्य प्रतिशत फाइनान्सिङ सेवा ग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ । जसले १८ महिनासम्मको सहज ईएमआई प्रदान गर्दछ ।