क्रिकेटर ज्ञानेन्द्र मल्लले गरे सन्यासको घोषणा

क्रिकेटर ज्ञानेन्द्र मल्लले गरे सन्यासको घोषणा


काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा व्याड्सम्यान ज्ञानेन्द्र मल्लले सन्यानसको घोषणा गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै मल्लले अन्तराष्ट्रीय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

लामो समय राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक व्याट्सम्यानको भूमिकामा रहेका मल्ल शालिन खेलाडीकोरुपमा परिचित छन् ।

सन् २००५ देखि उमेर समुहको क्रिकेटबाट राष्ट्रिय क्रिकेटको यात्रामा जोडिएका मल्ल यू–१५ टोलीबाट आफ्नो परीक्षा दिएका थिए ।

यू–१७, यू–१९ हुँदै २००६ देखि राष्ट्रिय सिनियर टोलीमा डेब्यु गरेका मल्लले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डविरुद्ध नेपाल राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेका थिए ।

पूर्व कप्तान मल्लले राष्ट्रिय टोलीबाट खेल्दा कुनै पनि प्रभावकारी प्रदर्शन गर्न नसके बस्नु उचित नहुने ठानेर सन्यास लिएको बताए ।

उनले भने ‘ मैले राष्ट्रिय टोलीबाट सकेको दिए, तर अब त्यस्तो रिजल्ट दिन सक्छु जस्तो लागेन त्यसैले सक्रिय खेलाडीबाट बाहिरिने निर्णय गरे, क्रिकेटसँग भने कुनै न कुनै रुपमा जोडिरहने छु । ’

ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एक दिवसीय र ४५ वटा टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।
मैद