बीवाइडीकाे मार्केट भ्यालू १०४.३२ अर्व डलर

बीवाइडीकाे मार्केट भ्यालू १०४.३२ अर्व डलर


काठमाडौं ।

हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सुची सार्वजनिक गर्दै आएको फर्चूनलेले सन् २०२३ को सूची वाहिर ल्याएको छ ।

सो सूचीको २१२ औं स्थानमा चीनीयाँ अटो निर्माता बीवाईडीले आफ्नो स्थान सुरक्षित गरेको छ । सूचीको पहिलो स्थानमा वालमार्ट, दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोवील सामेल छन् । अघिल्लो वर्ष बीवाइडी सूचीको २२४ औं स्थानमा रहेको थियो ।

इलेक्ट्रिक कारको उत्पादन गरेर विश्व बजारमा आफ्नो उपस्थिती मजवुत बनाउँदै आएको बीवाइडीको आम्दानी २०२३ मा ६३ अर्व डलर पुगेको फर्चूनले उल्लेख गरेको छ । सो आम्दानीबाट कम्पनीले २।४७ अर्व डलर मुनाफा आर्जन गरेको छ ।

बीवाइडीको मार्केट भ्यालू १०४.३२ अर्व डलर रहेको उल्लेख गरिएको छ । कम्पनीमा ५ लाख ७० हजार कामदारले रोजगारी पाएका छन् । बीवाइडी चीनको सवैभन्दा ठूलो मध्ये एक अटोमोवाइल कम्पनी समेत हो । सो कम्पनीले बीवाइडी, हान र ट्याङ लगायत ब्रान्डमा सवारीसाधन उत्पादन गरी विश्व बजारमा बिक्री गर्दै आएको छ ।

बीवाइडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । सो ब्रान्डलाई नेपालका लागी आधिकारिक वितरकका रुपमा साइमेक्स इंक प्रालिले कारोवार गर्दै आएको हो ।