स्थिर रहेको सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

स्थिर रहेको सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

शुक्रबार १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ३०० रुपैयाँले बढेको हो ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार प्रतितोला १ हजार ४२५ रुपैयाँमै किनबेच भएको थियो।