लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध


हेटौँडा ।

मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएसँगै सवारी आवागमन रोकिएको छ ।

आइतबार बिहान साढे ९ बजेदेखि नौबिसे, भैसे, पालुङ हुँदै हेटौडा जाने सवारी साधन रोकिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरो हटाएर यातायात सेवा सुरु गर्ने तयारी भइरहेको छ ।