मन्त्रालय भन्छ-निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन

मन्त्रालय भन्छ-निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन


काठमाडौं ।

सरकारले निर्माण व्यवसायीको नियमसङ्गत आएका बिलहरुको भुक्तानी नरोकेको बताएको छ ।

निर्माण व्यवसायीले काम गरेबापत भुक्तानी नपाएको भन्दै आन्दोलन गरे पनि सरकारका कर्मचारी भने प्रक्रिया पूरा गरेर आएका बिलहरु नरोकिएको र भुक्तानीमा कुनै बाधा नभएको अर्थ मन्त्रालयले बताएको हो ।

नियमानुसार प्रक्रिया पुर्याएर आएका बिलहरुको भुक्तानी रोक्ने अधिकार सरकारलाई नभएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए ।

असारभित्र प्रक्रिया पुर्याएर आएका बिलहरुको भुक्तानी भएको छ, तर कागजात अपुग भएकाहरु भुक्तानी हुन नसक्ने उनले बताए ।

व्यवसायीहरुले अर्बौँ रुपैयाँ भुक्तानी बाँकी छ भन्दै आन्दोलनमा उत्रिनुको खास कारण भने आफूलाई थाहा नभएको भन्दै शर्माले राज्यको नियमानुसारको भुक्तानी प्रक्रियामा आउन आग्रह गरेका छन् ।