आँखा पाक्ने रोग फैलिएपछि ५ दिनका लागि विद्यालय बन्द

आँखा पाक्ने रोग फैलिएपछि ५ दिनका लागि विद्यालय बन्द


सिन्धुली ।

शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि कमलामाई नगरपालिकाले सोमबारदेखि ५ दिनका लागि विद्यालय बन्द गरेको छ ।

नगरपालिकामा आइतबार बसेको सरोकारवालासँगको छलफलपछि साउन २२ गतेदेखि २६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निणर्य गरेको हो ।

नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालय छन् ।

विद्यालयमा मात्रै नभई गाँउघरमा समेत आँखा पाक्ने रोगका बिरामी बढ्दै गएको स्थानीयले बताएका छन् ।

आँखाका बिरामी बढेसँगै सिन्धुली अस्पताल र सदरमुकामका मेडिकलहरुमा आँखा पाक्ने रोग नियन्त्रणका लागि औषधि किन्न आउनेको भीड बढेको छ ।