सुनको भाउ ओरालो लाग्यो

सुनको भाउ ओरालो लाग्यो


काठमाडौं ।

सोमबार सुनको भाउ घटेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

हिजो १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार ८५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो १४ सय २५मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।