३ अंकले ओरालो लाग्यो शेयर बजार

३ अंकले ओरालो लाग्यो शेयर बजार


काठमाडौं ।

सोमबार शेयर बजारमा सामान्य गिरावट आएको छ । आज ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम हुन पुगेको छ ।

सोमबार शेयर बजारमा २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार रुपैंया कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएको २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको नौ वटा उपसूचक हरियाली भएको छ ।

शेयर बजारमा गिरावट आउँदा छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घटेको छ ।

कम्पनीको शेयर मूल्य ६.४५ प्रतिशतले घटेको हो । त्यसैगरी, पिपुल्स पावरको को ४.६२ प्रतिशत, विजय लघुवित्तको ४.४८ प्रतिशत, मोलुङ हाइड्रोपावरको ४.४५ प्रतिशतले शेयर मूल्य घटेको छ ।